बिएल संवाददाता
नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिनाकाे लागि निष्कासन गर्ने तयारी गरेकाे छ।
पार्टी मुख्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाको बारेमा आफ्ना धारणा राखेपछि एमालेले पार्टीकाे निर्णयविरुद्ध बाेलेकाे भन्दै पाण्डेलाई निष्कासन गर्न लागेको हाे।
एमाले महासचिव शंकर पाेखरेलले पाण्डेलाई ६ महिनाकाे लागि निष्कासन गर्ने प्रस्ताव अहिले जारी सचिवालय बैठकमा लगेकाे बुझिएकाे छ।
यसैगरी विन्दासँगै पूर्वउपाध्यक्ष भीमबहादुर रावल र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि अनुशासनको कारबाही गर्नुपर्ने महासचिव पाेखरेलले प्रस्ताव राखेका छन्। उनीहरूमाथि कारबाही गर्ने विषयमा सचिवालयको बैठकमा छलफल भइरहेकाे बताइएकाे छ।
एमालेका केही पदाधिकारीहरूले तत्कालै याे तहकाे कारबाही गर्न नहुने राय दिएका छन्। खासगरी एमालेका उपाध्यक्ष विष्णु पाैडेलले पार्टीभित्र यस्ता विषयहरूलाई समझदारीपूर्ण ढंगले टुङ्ग्याउनुपर्ने र तत्कालै कारबाहीकाे प्रस्ताव गरिहाल्न नहुने भन्ने राय राखेकाे एमालेका एक नेताले बताए।
पार्टी मुख्यालय निर्माणका लागि मीनबहादुर गुरुङले जग्गा दान दिएको विषयमा उनीहरू तीनै जनाले दिएकाे अभिव्यक्तिमा एमालेले उनीहरूसँग स्पष्टीकरण साेधेकाे थियाे। पाण्डे र तिमिल्सिनाले गत कात्तिकमा स्पष्टीकरणको जवाफ दिए पनि रावलले हालसम्म बुझाएका छैनन्।
तर पाण्डे र तिमिल्सिनाकाे जवाफमा असन्तुष्टि जनाउँदै एमालेले कारबाही गर्न लागेकाे हाे। एमालेका एक नेताका अनुसार सचिवालयको बैठकले निर्णय गरेर पार्टीबाट निष्कासन गर्ने तयारी छ।
उनीहरूले व्यवसायी गुरुङले पार्टी मुख्यालय निर्माणका लागि दिएको जग्गा दानबारे नेतृत्वको निर्णयको आलोचना गरेका थिए। एमालेका नेताहरूले उनीहरूले दिएकाे अभिव्यक्तिले पार्टीकाे अनुशासनको उल्लङ्घन गरेकाे दाबी गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया