मलेसियामा लकडाउनको अवधि चार हप्ता थपिएकाे छ ।
यसअघि मे १२ सम्मका लागि तोमिएको लकडाउन चार हप्ता बढाउँदै जुन ९ सम्म पुर्याएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनलाई उद्धृत गर्दै द स्टारले लेखेको छ ।
मलेसियाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरको हो । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको छ। मलेसियामा होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् ।
मलेसियाले जनवरी १ देखि भिसा सकिएका नेपाली सहित विदेशी नागरिकलाई लकडाउन सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ ।