सरकारले आन्तरिक तथा बाह्य उडान जेष्ठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो।
‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो। यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ,' प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।