कोरोना कहरको बेला न्युयोर्कमा ११ नेपालीको असामयिक निधन

बिएल संवाददाता

न्युयोर्क-अमेरिका
एक प्रतिकात्मक फाइल तस्बिर ।

कोरोना कहरको पछिल्लो इपिसेन्टर अमेरिकाको न्युयोर्कमा ११ जना गैरआवासीय नेपालीको मृत्यु भैसकेको छ। मृत्यु भएका ११ जनामध्ये ६ जनाको मृत्यु कोरोना संक्रमणले भएको बताइएको छ भने बाँकि ५ जनाको मृत्यु हृदयाघातका कारण भएको जनाइएको छ। 

कोरोना कहरबाट मृत्यु हुने नेपालीमा अनिल सुव्वा लिम्बु, ङिमा तेम्बा शेर्पा,  राज कुमार थापा, विष्णु राई, महेश आमात्य र  पवन मल्ल रहेका छन्। मल्लको अपार्टमेन्टमा निधन भएको थियो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो।

अन्य पाँचजनाको कोरोना कहरकै बेला मृत्यु भए पनि उनीहरूको मृत्युको कारण हृदयघात भनिएको छ। यसरी मृतयु हुनेमा अजय छोँचू, थोक्मे बिष्ट, राम प्रसाद हाडा होम कुमारी राना ठकुरी र सोनाम लामा रहेको बताइएको छ। यीमध्ये छोँचू, राना ठकुरीको अस्पतालमा मृत्यु भएको थियो भने अन्यको अपार्टमेन्टमा मृत्यु भएको थियो ।

अमेरिकामा सामान्य अवस्थामा अपार्टमेन्ट या घरमा भएको मृत्यु दर्ता हुदैन, अस्पतालमै मृत्यु भएको हुनुपर्छ। 

कोरोना कहरको यतिबेला अस्पताल नपुगी घर, अपार्टमेन्ट र नर्सिङहोममा मृत्यु हुनेको संख्या हजारौ रहेको बताइन्छ। कोरोनाबाट २० हजारभन्दा बढी मृत्यु भएको न्युयोर्कमा हजारौको संख्यामा मृत्यु दर्ता हुन बाँकि रहेको हुनसक्ने न्युयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमो आफैंले पनि स्विकारेका छन्। केही समयअघि मात्र ६ हजार यस्ता मृत्युहरूको औपचारिक जानकारी दिइएको थियो।

कोरोना कहरको पछिल्लो इपिसेन्टर अमेरिकाको न्युयोर्कमा ११ जना गैरआवासीय नेपालीको मृत्यु भैसकेको छ। मृत्यु भएका ११ जनामध्ये ६ जनाको कोरोना संक्रमणले र बाँकि ५ जनाको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ। तर, कोरोना कहरकै बेला पाँच पाँचजना नेपालीको हृदयाघातबाट मृत्यु भएको भन्ने कुरा पत्याइहाल्नुपर्ने खालको छैन। किन नेपालीहरू आफ्नो प्रियजनको मृत्यु कोरोनासँग जोड्न चाहिरहेका  छैनन् ?, यो एक रहस्यमय  विषय भएको छ। 

नेपालीहरूको मृत्युको सन्दर्भमा पनि यस्तै भएको हुन सक्छ। तर, नेपाली समुदायका कति सदस्य यस्तो मृत्युलाई स्विकार्नुभन्दा लुकाउनु नै श्रेयस्कर ठानिरहेका छन्। अमेरिकामा पुगे पनि कतिपय नेपाली अझै रूढीवादी छन्। उनीहरू यो रोगलाई पनि कुनै समयको कोर रोगका रूपमा लिएर यस्तो रोग पापीलाई मात्र लाग्ने बताइरहेका छन्। त्यसैले पनि कतिपय मृतकका आफन्त मृतकलाई पापी नदेखाउन कोरोना भाइरस संक्रमणबाट मृत्यु नभएको दाबी गरिरहेका छन्। 

कोरोना कहरको बेला मृत्यु भएका यी सबै ११ जना नेपालीलाई नै गैरआवासीय नेपाली संघले तथ्यांकमा राखिसकेको छ। तर, न्युयोर्कमा रहेका एनआरएन अभियन्ताहरू भने आफन्तको अस्वीकृतिका कारण उनीहरुको मृत्यु हृदयाघातबाट भएको भनिरहेका छन्। 

तर, कतिपय सामान्य अवस्थामा रहेका यी नेपालीको यही बेला हृदयाघातबाट मृत्यु भएको भनिए पनि अस्पतालले त्यस्तो पूर्जी जारी नगरेको बताइएको छ। कोरोनालाई समुदायको भलाइका लागि पनि सार्वजनिक गर्नुपर्ने पक्षधर नेपाली हृदयाघातबाट मृत्यु भएको भनिएका नेपालिको मृत्युको बारेमा आशंका गर्छन्। 

यसबीचमा भर्जिनियामा नेपाली डायस्पोराका एक अग्रज व्यक्तित्प प्राध्यापक डा. विष्णु पौडेलको भने ८९ वर्षको उमेरमा कोरोनाइतर कारणले मृत्यु भएको थियो । 

प्रकाशित मिति: : 2020-04-25 05:04:17

प्रतिकृया दिनुहोस्