स्कटल्याण्डमा कोरोना भाइरसको संक्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् ।
गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोभिड १९ को संक्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी संक्रमित हुन्।
समयभन्दा अघि नै जन्मिएकी ती शिशुको तौल मात्र डेढ किलो थियो । उनी जन्मेको तीन हप्तामै कोरोना संक्रमित भएकी थिइन् ।
उनी कोरोना जितेर घर फर्किएपछि परिवारका सदस्यले उपचारमा संलग्न डाक्टर तथा नर्सलाई धन्यवाद दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
डाक्टरहरुले कोरोना परीक्षणको लागि आफ्नी तीन महिनाकी शिशुको नाकमा स्वाब राखेको घटनालाई स्कटल्याण्डकी ट्रेसी मेग्वायर अझै सम्झिन्छिन् । यो दृश्य देख्नु आफ्नो लागि नकै कष्टपूर्ण रहेको उनले बताइन् ।
‘मैले पहिलो पटक आफ्नो बच्चाको आँखामा आँसु देखेँ । मैले उसलाई समाएको थिएँ । त्यो अवस्थामा हामी एक अर्कालाई साथ दिइरहेका थियौँ,’ उनले भनिन् ।