नालीमा डुबेर तीन बालकको ज्यान गयो

बाँकेको बैजनाथ गाउँपालिकामा एकैदिन ३ जना बालकको नालीमा डुबेर ज्यान गएको छ । बैजनाथ गाउँपालिका-२ पितमारीमा ३ जना बालकको शव भेटिएको हो । 

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार तीनै जना बिहिवार दिउँसो नालामा पौडी खेल्न गएका थिए । साँझसम्म पनि घर नफर्किएपछि परिवारले उनीहरूको खोजि गरेको थियो । तर उनीहरू नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

मृत्यु हुनेमा बैजानाथ गाँउपालिका-२ पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर, १२ वर्षकै नबिन परियार र ११ वर्षका अनित रावत रहेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी कुलदिप चन्दले घटना बारे जानकारी आएपछि  घटनास्थल मै पुगेको बिएल नेपाली सेवालाई जानकारी दिए ।

चन्दका अनुसार प्रहरीले घटनास्थलमा पुगि मुचुल्का उठाइएको छ । ‘दिउँसो नालीमा डुबेर मृत्यु भएको हो । म भर्खर घटनास्थल बाट मुचुल्का उठाएर फर्किदै छु,’ उनले भने ।
 

प्रकाशित मिति: : 2020-04-23 20:15:07

प्रतिकृया दिनुहोस्