उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा नतिजा शंकास्पद आएको हो।
विराटनगरको कोशी अस्पतालको प्रयोगशालाका एक चिकित्सकका अनुसार ८ जनामा शंकास्पद नतिजा देखिएपछि स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।