मापदण्डको धज्जी उडाउँदै बिलासी गाडी खरिद, डेढ करोडको सवारीमा मुख्यमन्त्रीको रजाइँ

लोकान्तर

काठमाडौं
अजय अनुरागी

२ नम्बर प्रदेश सरकारले तोकिएको खर्च मापदण्ड निर्देशिका विपरीत सवारीसाधन खरिद गरेर चढ्ने गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बनाएको खर्च मापदण्ड निर्देशिकालाई मन्त्रालयले नै उल्लंघन गरेर मनमौजी गरेका छन् । प्रदेश सरकारका कुन पदाधिकारीले कति मूल्य पर्ने सवारीसाधन खरिद गरेर चढ्न पाउने भनी निर्देशिका बनाउने आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले नै उल्लंघन गरेका छन् ।

 

निर्देशिका अनुसार मन्त्री यादवले बढीमा ८० लाख रुपैयाँ पर्ने जीप चढ्न पाउने प्रावधान छ तर मन्त्री यादवले मन्त्रालयबाट खरिद गरिएको १ करोड ४५ लाख ९७ हजार रुपैयाँको महंगो गाडी चढ्ने गरेका छन् । २०७५ असोज २६ गते मन्त्रालयले खरिद गरेको ज१झ ४४० नम्बरको सफारी स्टोर्म गाडी मन्त्री यादवले चढ्दै आएका छन् ।

प्रकाशित मिति: : 2020-03-04 05:18:14

प्रतिकृया दिनुहोस्