बामदेवका नाममा नेकपामा भाँडभैलो, ओलीले किन गरे माधव नेपाललाई फोन ?

रातोपाटी

काठमाडौं

मंगलबार बेलुकापख बुधबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको भन्दै सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सचिवालयमन सबै सदस्यलाई खबर गरियो । सोेही अनुसार बुधबार बिहान सचिवालयका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटर पुगे । 

निर्धारित समयमै बैठक पनि सुरु भयो । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने प्रस्ताव अघि बढाए । 

प्रचण्डको प्रस्तावलाई अरु सदस्यहरुले सहमति जनाए । बामदेवले राष्ट्रियसभामा जानेबारे यसअघि असहमति जनाएपनि पछिल्लो पटक भने सहमत भैसकेका थिए । बामदेव हालकै अवस्थामा राष्ट्रिय सभा सदस्य बन्ने भएपछि  यसअघि संविधान संशोेधनका लागि गठन गर्ने भनिएको कार्यदल खारेज गर्ने निष्कर्षमा नेताहरु पुगे । 

प्रकाशित मिति: : 2020-02-27 11:44:51

प्रतिकृया दिनुहोस्