ट्राफिक लाइट : काठमाडौँमा बल्न थाल्यो, भक्तपुरमा निभेको निभ्यै

रातोपाटी

काठमाडौँ

काठमाडौँको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडकमा ट्राफिक लाइट बिग्रिएको वर्षौँ भए पनि मर्मतमा सरोकारवालाले चासो नदेखाउँदा पैदल यात्रीलाई बाटो काट्न कठिन हुने गरेको छ ।

काठमाडौँका कतिपय स्थानमा ट्राफिक लाइट मर्मत तथा जडान गरी सञ्चालन भए पनि कोटेश्वर–सूर्यविनायक रुटमा भने ट्राफिक प्रहरीले हातको इशाराबाटै सवारी व्यवस्थापन गर्दै आएका छन् ।फराकिलो र खुला सडकका कारण सो रुटमा सवारी साधनको गतिसमेत तीव्र हुने भएकाले ट्राफिक लाइटको अभावमा सडक अनुशासन पालनामा समेत समस्या हुने गरेको छ ।

विज्ञहरुका अनुसार कोटेश्वर–सूर्यविनायक सडकको गुणस्तर विश्वमै उत्कृष्ट मानिन्छ । २०६७ सालमा निर्माण सम्पन्न भएको उक्त सडकमा २०६९ सालमा विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो । ती ट्राफिक लाइट एक वर्षसम्म राम्रैसँग चले । तर त्यसपछि बिग्रिएका लाइट मर्मतमा सरोकारवालाले चासो नराख्दा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

प्रकाशित मिति: : 2020-02-22 01:22:59

प्रतिकृया दिनुहोस्