सांसद विरोध खतिवडासँग गाँजा संवाद : अहिले गाँजा खुला नगरे पछि पुर्पुरोमा हात राखेर बस्नुपर्छ

गाँजा लगायो भनेर हामी किसानलाई जेल हाल्ने, अरू देश चाहिँ पैसा कमाएको कमायै गर्ने ?’

रातोपाटी

काठमाडौं

गत साता नेकपा सांसद विरोध खतिवडाले प्रतिनिधि सभाका ५० जना सांसदहरुको समर्थन लिएर नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव दर्ता गरेका थिए । उनले अघिल्लो वर्ष पनि प्रतिनिधि सभाको बैठकमा नेपालमा गाँजा भाङमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर सरकारको निगरानीमा गाँजा उत्पादन गर्ने गरी कानुन संशोधनको माग गरेका थिए । यसअघि गाँजा उत्पादनमा रोक लगाउन नेतृत्व गरेका देशहरु युरोप, अमेरिका तथा क्यानडा जस्ता देशले अहिले गाँजामा लगाएको प्रतिबन्ध फुकुवा गरेको अवस्थामा नेपालले पनि फुकुवा गरेर किसानको आर्थिक समृद्धिमा सहयोग गर्नुपर्ने सांसद खतिवडाको माग छ । यसै सन्दर्भमा हामीले सांसद खतिवडासँग नेपालमा गाँजामाथिको प्रतिबन्ध र खुला गर्नुपर्ने कारणका बारेमा संवाद गरेका छौँ । 

प्रकाशित मिति: : 2020-02-08 05:41:33

प्रतिकृया दिनुहोस्