चल्ला र अण्डा नष्ट गरेकाले मासुको मूल्यमा वृद्धि, भारतबाट अवैध आयात बढ्यो

तर, व्यवसायीहरु भन्छन् : चिकेन होलिडे प्रमुख कारण होइन

बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । एकै पटक मासुमा प्रतिकेजी १ सय रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकेजी दुई सय १० रुपैयाँको हाराहारीमा रहेको कुखुराको मासुको मूल्य अहिले ४ सय रुपैयाँसम्म पुगेको छ ।

राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले गत हप्ता तोकेको नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर अहिले बजारमा प्रतिकेजी मासु ४ सय रुपैयाँसम्म कारोबार भइरहेको छ । थोक मूल्य ३ सय ५० रुपैयाँ भए पनि कोल्डस्टोर व्यवसायीहरुले खुद्रामा ३ सय ७० देखि ४ सय रुपैयाँसम्म लिइरहेका छन् । यसले आम उपभोक्तालाई समस्यामा पारिरहेको छ । बजारमा माग अनुरूपको कुखुरा आपूर्ति हुन नसक्दा मासुको मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति: : 2020-02-04 06:21:17

प्रतिकृया दिनुहोस्