सांसद दीपक मनाङ्गे ६ हजार धरौटीमा छुटे, एन्फा कास्की अध्यक्ष मिलनलाई सात दिन म्याद थप

एन्फा कास्की अध्यक्ष मिलन गुरुङ गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) आइतबार धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटीमा रिहा गरेको हो। रिहा हुनुअघि आजै सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो । उनलाई फागुन १३ गते तारेख तोकिएको छ।

रिहा भएपछि मनाङेले ठग मिलन गुरूङ विरुद्धको आफ्नो लडाइ सफल भएको बताएका छन्। उनले अब एन्फा भ्रष्टाचार बाहिर आउने बताए। मनाङेले आफूमाथि कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले मनाङेलाई पक्राउ गरी दुर्वव्यवहार तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । मनाङेले कास्कीका एन्फा अध्यक्ष गुरुङलाई पोखराको भण्डारढिक रंगशालामा झापड हानेको थिए ।

त्यसै गरी अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराले अनुमति दिएको छ ।

आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले मिलनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।गत शुक्रबार पक्राउ परेका गुरुङसँग आइतबार सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो । बयान पछि उच्च अदालतले गुरुङमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिनको म्याद उपलब्ध गराएको हो । उनीविरुद्द शुक्रबार लेकसाइडस्थित ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गराएका थिए ।थिए। 

प्रकाशित मिति: : 2020-01-27 06:52:35

प्रतिकृया दिनुहोस्