अध्यक्ष थापाले भने : 'पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ'

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुस महिनाभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका छन्।

 राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताए।

'पुसभित्र दुई पार्टीबीच एकता भए ठिकै छ, नभए कुरेर बस्ने छैनौं,' उनले भने, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्ने छौं।'

उक्त कार्यक्रममा अध्यक्ष थापाले उनकी पत्नी तारालगायत पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशीलाई राप्रपा प्रवेश गराएका थिए।

प्रकाशित मिति: : 2020-01-12 00:15:07

प्रतिकृया दिनुहोस्