नाइजरको सैन्य शिविरमा फेरि हमला, २५ को ज्यान गयो

दोहोरो भिड्न्तमा २५ जनाको निधन भएको र केही घाइते रहेको बताइएको छ। प्रत्युत्तरमा ६३ आतंककारी मारिएको पनि सेनाले दावी गरेको छ।

एएफपी

नियामी

अफ्रिकी देश नाइजरमा एक सैन्य शिविरमा हतियारधारीहरूको आक्रमणमा २५ जनाको ज्यान गएको छ। 

रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल सुलेमानी गाजोबीले यसको जानकारी टेलिभिजनबाट दिएका छन्। उनले भने, ‘मालीको सीमा नजिकै संवेदनशील क्षेत्रमा घटना भएको थियो। जहाँ आतंककारी गाडी तथा मोटरसाइकलबाट आएका थिए।’

समाचार एजेन्सी एएफपीका अनुसार नाइजरको रक्षा मन्त्रालयले पनि यसको पुष्टी गरेको छ। र, हमला पश्चिमी तिलाबेरीको चिनेगोदार क्षेत्रमा भएको बताएको छ। यो क्षेत्र बुर्किना फासोसँग जोडिएको सीमा हो।  

रक्षा मन्त्रालयले नाइजर वायु सेना र सहयोगी सेना (अमेरिका र फ्रान्स) को सहयोगले आतंककारी समूहसँग भिड्न्त भएको बताएको छ। 

दोहोरो भिड्न्तमा २५ जनाको निधन भएको र केही घाइते रहेको बताइएको छ। प्रत्युत्तरमा ६३ आतंककारी मारिएको पनि सेनाले दावी गरेको छ।

गत महिना मात्र नाइजरमा सेनाको एउटा क्याम्पमा आतंकवादी हमला हुँदा ७१ सैनिकको निधन भएको थियो। त्यो घटनामा ५७ आतंकवादी मारिएका थिए। हमलाको जिम्मेवारी आइएसले लिएको थियो भने हमला मालीको सीमा नजिक क्याम्पमा भएको थियो। यो क्षेत्रमा आइएस र बोको हराम जसता आतंकी संगठन सक्रिय छन्। 

यस वर्षको सुरुवातमा नाइजर आर्मीले बोको हरामका २ सय ८० आतंकवादी मारिसकेका छन्। 

प्रकाशित मिति: : 2020-01-11 03:31:50

प्रतिकृया दिनुहोस्