नेपालीमा एउटा उखान थियो- बाँच्दाको जन्ती, मर्दाको मलामी । कुनै बेला एउटा गाउँ-बस्तीमा जीवन सिमीत भएको बेला यसको हुबहु अर्थ हुन्थ्यो । अहिले नेपाल गाउँबाट विश्व भएको छ । यसको अर्थ पनि फराकिलो दायरामा खोज्नुपर्ने हुन्छ । तर, जसरी अर्थ खोेजे पनि नेपाली जाति धनले धनी नहोलान्, मनले धनी छन् भन्ने कुराका एउटा हैन, अनेकोै दृष्टान्त पाइन्छन् ।
त्यस्तै एउटा दृष्टान्त अमेरिकाको नेपाली डायस्पोरामा मिलेको छ । गत सेप्टेम्बर ३ मा अमेरिकाको मिजौरी राज्यमा भएको एक सवारी दुर्घटनामा एकै परिवारका तीन सदस्यको निधनको खबरले घरदेशमा मात्र हैन, संसारभर छरिएर परदेशमा रहेका नेपाली पनि स्तव्ध भए । घटनामा श्रद्धा खनाल ओझा, उनका बाबुआमा गोविन्द खनाल र शान्ता खनालको निधन भयो भने श्रद्धाका चार वर्षीय छोरा सौर्य गम्भीर घाइते र श्रीमान् प्रभास ओझा घाइते भए ।
मृतकहरूको अन्तिम संस्कार र गम्भीर अवस्थामा उपचार भैरहेका सौर्यको सहयोगार्थ गोफण्डमी अभियान सुरू गरेको ६० घण्टामै ८१ हजार चारसय ८० अमेरिकी डलर संकलन भैसकेको छ ।अमेरिकी मुद्रालाई नेपाली रूपैयामा विनिमय गर्दा ९३ लाख ७२ हजार ६ सय पचास हुन्छ । एकलाख अमेरिकी डलरको लक्ष्य राखेर सुरू गरिएको यो अभियानको चौथो दिन नै लक्षित सहयोग उठ्ने अपेक्षा गरिएको छ । यो अभियानमा दुईहजार दुईसयभन्दा बढी मनकारीले सहयोगी हात बढाइसकेका छन् ।
हुन त केही समययता नेपाली जातिलाई धनका त गरीव थिए नै, मनका पनि गरीव भए भन्ने आरोप पनि नलाग्ने गरेको हैन । तर, यस्ता दृष्टान्तहरू त्यस्ता आरोपको खण्डन गर्न पर्याप्त छन् ।त्यसैले त्यस्तो सोच राख्नेहरूसँग प्रश्न गर्न सकिन्छ - कसले भन्छ नेपाली मनका गरीव हुँदै गए ?
नेपालीमा एउटा भनाइ छ- एक थुकी सुकी, सय थुकी नदी । सबैको ससानो मनको सहयोगले पीडामा रहेको एउटा परिवारको घाउमा मल्हम लगाउन सकिन्छ भन्ने दृष्टान्त हो ।
हो, ओझा-खनाल परिवारमा भएको भौतिक क्षतिको पूर्ति गर्न त सम्भव छैन तर परिवारका बाँकि सदस्यहरूको चहराइरहेको घाउमा मल्हम लगाउन त सकिन्छ । यही सोचाइका साथ मनकारीहरूले गो फण्डमी अभियानमा मन खोलेर सहयोग गरेका छन् । यसले एउटा सकारात्मक सन्देश दिन्छ- साह्रो गाह्रो परेको बेला हामी छौ नि । भनेर मात्र हैन, गरेरै देखाए नेपालीले ।
हुन त केही समययता नेपाली जातिलाई धनका त गरीव थिए नै, मनका पनि गरीव भए भन्ने आरोप पनि नलाग्ने गरेको हैन । तर, यस्ता दृष्टान्तहरू त्यस्ता आरोपको खण्डन गर्न पर्याप्त छन् ।त्यसैले त्यस्तो सोच राख्नेहरूसँग प्रश्न गर्न सकिन्छ - कसले भन्छ नेपाली मनका गरीव हुँदै गए ?
कसले कति सहयोग गरे यहाँ हेर्न सकिन्छ ।