
बिएल संवाददाता
अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पन मतदान जारी छ।अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन।यो समाचार लेखिरहदासम्म विभिन्न सञ्चार माध्यमले विभिन्न राज्यको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।
सीएनएनले अहिलेसम्म ह्यारिसको पक्षमा ८१ र डोनल्ड ट्रम्पको पक्षमा १६२ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ भने फक्स न्यूजले ह्यारिसको पक्षमा ११७ र डोनल्ड ट्रम्पको पक्षमा २०५ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ । एशोसियटेड प्रेसले अहिलेसम्म ह्यारिसको पक्षमा ९९ र डोनल्ड ट्रम्पको पक्षमा १८८ कलेज इलेक्ट्रल मत प्रक्षेपण गरेको छ।अहिलेसम्म कुनै पनि ब्याटल ग्राउण्ड स्टेटको मत परिणाम कुनै पनि प्रक्षेपण गरेका छैनन् ।
चुनावको मतदान र मतगणना जारी रहेको यतिबेला दुबैतिर एक किसिमको आशंका नै जारी छ । कुनै पनि पक्ष ढुक्कले आफू जित्ने बताइरहेका छैनन् । अबको केही घण्टापछि कुनै ब्याटल ग्राउण्ड राज्यको परिणाम प्रक्षेपण हुन सक्छ । त्यसले भने २७० को म्याजिक संख्या कसको पक्षमा जान सक्छ भन्ने आँकलन गर्ने ठाउँ हुन्छ ।
अमेरिकामा राष्ट्रपति चुनाव जित्नका लागि विभिन्न राज्यहरूमा बाँडिएको ५३८ कलेजे इलेक्ट्रल मतको बहुमत २७० कलेजे इलेक्ट्रल मत ल्याउनुपर्ने हुन्छ।
संसदको दुबै सदनमध्ये माथिल्लो सदन सिनेटका केही सिट र हाउस अफ रिप्रेन्जेन्टेटिब्सका सबै ४३५ स्थानका लागि पनि चुनाव भएको छ । ती पदहरूको पनि केही राज्यमा मतदान र केही राज्यमा मतगणना जारी छ ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया