विश्व कपमा जुवा खेलेको अलराउन्डर आन्द्रे रसेल चोटका कारण बाहिरिएका छन्। पाकिस्तानविरूद्ध घुँडामा चोट बोकेका रसेल बाँकीको खेलबाट बाहिरिएका हुन्।
उनको स्थानमा सुनिल अम्ब्रिसलाई वेष्ट इन्डिजले टिममा समावेश गरेको छ।
सुनिलले गत महिना आयरल्यान्डमा भएको त्रिकोणात्मक शृंखलामा १ सय ४८ रनको उच्च योगफल बनाएका थिए।
सन् २०१५ को विश्व कपपछि रसेललाई टिममा सहभागी गराउँदै वेष्ट इन्डिजले जुवा खेलेको थियो। उनले इंग्ल्यान्डविरूद्ध दुई ओभर मात्र बलिङ गरेका थिए। यस्तै, बंगलादेशविरूद्ध ६ ओभर गरे।
रसेलको स्थानमा किरोन पोलार्ड र ड्वाने ब्राभो मध्ये एकजनाको टोलीमा पुनरागमनको आशा गरिएको थियो। तर, बंगलादेश र आयरल्यान्ड सम्मिलित शृंखलामा सुनिलले ४ इनिङमा बनाएको २
सय ७८ रनको उत्कृष्ट इनिङका कारण वेष्ट इन्डिजले टिममा बोलाएको हो।
वेष्ट इन्डिजले विश्व कपको ६ खेलमा एक मात्र जित दर्ता गराएको छ। जुन २७ मा वेष्ट इन्डिजको भिड्न्त भारतसँग हुनेछ।