नेपाल पत्रकार महासंघको अनुगमन शुरु

बिएल

नेपाल पत्रकार महासंघले सञ्चार प्रतिष्ठानहरूले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा लागू गरे/नगरेको बारेमा बुझ्न शुक्रबारदेखी अनुगमन प्रारम्भ गरेको छ।

श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा उपलब्ध गराउने र श्रमजीवी पत्रकारहरूले सञ्चार प्रतिष्ठानहरूमा भोगिरहेका समस्याहरू समाधान गर्ने सहजीकरण गर्ने उद्देश्यले अनुगमन थालिएको महासंघले जनाएको छ।

केन्द्रीय सदस्य तथा श्रमजीवी हित प्रवर्द्धन समितिका केन्द्रीय सहसंयोजक जन्मदेव जैसीका अनुसार पहिलो चरणमा सेतोपाटी अनलाइन, कान्तिपुर एफएम र माउण्टेन टेलिभिजनमा पुगेर श्रमजिवी पत्रकारका गुनासा सुन्ने, व्यवस्थापन पक्षलाई झक्झकाउने र खवरदारी गर्ने काम महासंघले गरेको बताए ।

कान्तिपुर एफमएममा न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्या र लामो समयदेखि करारमा राखेको तथ्य फेला परेको उनले बताए । यस्तै माउण्टेन टिभिमा श्रमजिवी ऐन अनुरुपको पारिश्रमिक, दशैं भत्ता, न्यूनतम् सुविधालगायत बिषयमा जटील अवस्था रहेको टोलिले पुष्टि गरेको छ। अनुगमनमा उपाध्यक्ष पोख्रेल, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जैसी र यम बिरहीको सहभागिता थियो ।

प्रकाशित मिति: : 2019-09-27 21:40:04

प्रतिकृया दिनुहोस्