बालिका बलात्कारको प्रयासको आरोपमा प्रहरी हवल्दार पक्राउ

फाइल तस्बिर

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएक प्रहरी हवल्दार बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्यायनरत १२ वर्षीया अनुजा थापालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती बलात्कार प्रयास गरेको उजुरीको आधारमा ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नाराययण रन्जितकारका अनुसार थापालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जवरजस्ती बलात्कार प्रयास गरेका हुन् ।पीडितले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाएको उनले जानकारी दिए।

आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्। दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछिस्थिति तनावग्रस्त भएको बताइएको छ।

प्रकाशित मिति: : 2019-09-19 17:45:30

प्रतिकृया दिनुहोस्