३९ बण्डल पटाकासहित दुईजना पक्राउ

बिएल

 सुनसरी ईटहरी उप.म.न.पाबाट वडा नं. ०५ स्थित खाद्य गोदाम अगाडीबाट ३९ बण्डल पटाकासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी श्रीपुर गाउपालिका वडा नं.०६ बस्ने वर्ष ३५ का अर्जुन साह र सोहि ठाँउ बस्ने वर्ष २२ का रामदेव यादव रहेका छन् ।

अनुसन्धानको क्रममा उनिहरुले आउदै गरेको महान चाड तिहारको लागी भनी विना ईजाजत भारतबाट खरिद गरी  सुनसरी स्थित विरपुर बोडरबाट सो बिष्फोटक पदार्थ पटाका नेपाल भित्राएको ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीको टोलीले बताएको छ ।

उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-19 17:20:18

प्रतिकृया दिनुहोस्