बाराको सिम्रौनगढ़ नगरपालिका ११ भगवानपुरमा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
सोही चट्याङमा परी १ जना घाइते भएका छन्। सोमबार अपरान्ह करिब साढे ४ बजे परेको चट्याङ लागेर सिम्रौनगढ़ नगरपालिका ११ का ४० वर्षीय प्रभु साह तेलीको मृत्यु भएको हो।
मृतक हरनहिया र भगवानपुरको बीचमा पर्ने आफ्नो खेतमा पम्पिङ सेटबाट पानी तानिरहँदा चट्याङ परेको इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले जानकारी दिएको छ।
घाइते हुनेमा आदर्श कोतवाल गाउँपालिका ४ कोइलिडीह घर भएका ३० वर्षीय विजय यादव रहेको प्रहरीले जनाएको छ।
मृतक तेलीलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको छ।