सार्वजनिक सवारीमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा सभासद पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सार्वजनिक सवारीमा एक युवतीलाई दुर्व्यवहार गरेको अभियोगमा सभासद सभासद योगेन्द्र घिसिङलाई नियन्त्रणमा लिएको परिसरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्।
‘एक कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको उजुरी आएपछि हामीले नियन्त्रणमा लिएका हौं,' एसपी सिंहले भनिन्।
घिसिङ तत्कालिन माओवादी केन्द्रको तर्फबाट समानुपतिक सांसद बनेका थिए। पार्टीले घिसिङलाई साधारण सदस्यमा समेत नरहने गरि पार्टीले निष्कासन गरेको थियो।
सोमबार दिउँसो घिसिङले सार्वजनिक सवारीमा नै दुर्व्यवहार गरेपछि बसमा सवार यात्रुले प्रहरीलाई खबर गरेका थिए।