प्रहरीले चलान काटेपछि युवकले आफ्नै बाइकमा आगो लगाए

Agency

भारतको राजधानी नयाँ दिल्लीमा एउटा रोचक घटना भएको छ। भारत सरकारले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई आर्थिक जरिवाना लगाउने नियमलाई लागु गरेपछि यो घटना भएको हो।

नेपालमा जस्तै भारतमा पनि मदिरा सेवन (मापसे) गरेर सवारी साधन चलाउनेहरू माथि कार्यवाही सुरु गरिएको छ।

बिहीबार राती मापसे सेवन गरेर बाइक चलाइरहेका एक युवकले आफ्ने बाइकमा आगो लगाएपछि यो घटना बाहिरिएको हो।

दक्षिणी दिल्लीको मालवीय नगरस्थित शेख सरायमा भएको यो घटनामा नशामा धुत भएका एक युवकलाई ट्राफिक प्रहरीले रोकेको थियो। प्रहरीले चलान काट्न लागेको अवस्थामा ती व्यक्तिले आफ्नो बाइकमै आगो लगाइदिए।

प्रहरीका अनुसार राकेश नाम गरेको ती व्यक्त हेलमेट पनि नलगाइ नशाको सुरमा बाइक चलाइरहेका थिए।

मापसे गरेको र ट्राफिक नियम उल्लंघन गर्दै हेलमेट नलगाएको, प्रहरीसँग खराब व्यवहार गरेको लगायत ३ वटा आरोपमा प्रहरीले २५ हजार रुपैयाँको चलान काटेको थियो।

प्रहरीले उनलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2019-09-07 10:08:44

प्रतिकृया दिनुहोस्