शाकाहारी हुनु सबै कोणबाट सही हुन्छ भन्ने एउटा धारणा अध्ययनले गलत सावित गरिदिएको छ ।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको एक अध्ययनले शाकाहारीमा मस्तिष्कघातको जोखिम बढी हुने देखाएको छ ।
४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरेर गरिएको अध्ययनमा प्रत्येक हजार मानिसमध्ये मस्तिष्काघात हुने शाकाहारीको सङ्ख्या मांसाहारीको भन्दा तीन जनाले बढी पाइएको थियो ।
सन् १९९३ देखि २००१ सम्म गरिएको अध्ययनको नमूनाका लागि आधा मानिस मांसाहारी, १६ हजार शाकाहारी तथा सात हजार पाँचसय माछा मात्रै खाने लिइएका थिए ।
उनीहरूलाई अध्ययनमा सहभागी हुने बेलामा आहारबारे सोधिएको थियो भने सन् २०१० मा पनि फेरि त्यही कुरा सोधिएको थियो । तीमध्ये एक हजार ७२ जनालाई मस्तिष्काघात भएको थियो र यस्तो हुने शाकाहारी २० प्रतिशतले बढी थिए ।