मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवस शुक्रबार विभिन्न कार्यक्रम गरि मनाइएको छ।
बालबालिका बेचविखन विरुद्धको सार्क महासन्धिलाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै चुनौतीको रुपमा देखिएको भन्दै नेपालजस्तो विकासोन्मुख देशका लागि झनै गम्भीर बनेको बताए। उनले सरकारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रयास गरिरहे पनि बेचविखनको बद्लिँदो स्वरुपले नियन्त्रण गर्न नसकिरहेको धारणा राखे। गृहमन्त्री थापाले मानव बेचविखन नियन्त्रणको लागि सरकारले थप कडा कदम चाल्ने जिकिर गरे।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन नियन्त्रणका लागि आवश्यक कानुन तयार गरि विभिन्न कार्यक्रहरु सञ्चालन गरिरहेको जानकारी दिए।
उहाले सरकार, प्रहरी र गैरसरकारी संस्थाहरुको पहलले मात्र यसलाई नियन्त्रण गर्न नसकिने भन्दै सबै जागरुक हुन आवश्यक रहेको बताए।