जाजरकोटमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ।
तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाघ्दासम्म सुत्केरी हुन नसकेपछि कुशे गाउँपालिका–१ धाउनीकी २५ वर्षीय सङ्गीता सिंह ९शाही०लाई उद्धार गर्न हेलिकप्टरमा राखेलगत्तै छोराको जन्म भएको छ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताए।
भदौ १६ गते सुत्केरी हुने व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौकीमा लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौ १७ गते पजारु स्वास्थ्य चौकीमा लगेका थिए।
त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहिबार गाउँपालिका–१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकप्टरमार्फत सुर्खेत पठाउने तयारी हुँदाहुँदै बच्चा जन्मिएको हो।
अहिले आमाको अवस्था गम्भीर रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कृष्णबहादुर विसीले जानकारी दिए।
आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका अनुसार सङ्गीतालाई अत्यधिक रक्तश्राव भइरहेको छ।