बारा र पर्सामा डेंगुका २३ रोगी भेटिए

वीरगंज लामखुटेको टोकाईबाट सर्ने खतरनाक रोग डेंगुको प्रकोप बारा र पर्सा जिल्लामा पनि देखिएको छ।

विगत दुई सातायता वीरगंजका विभिन्न अस्पतालमा करिब दुई दर्जन बढी डेंगु रोगका विरामीको उपचार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

नेपाल चिकित्सक संघ नारायणी वीरगंजका महासचिव एवं नारायणी अस्पतलाका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार वीरगंजसहित बारा, पर्सामा डेंगुका २३  रोगी भेटिएपनि डेंगुबाट हालसम्म कसैको मृत्यु नभएको बताए।

डां.सिंहले यो रोगको संकक्रमणको खतरा यस भेगमा समेत बढदै गएकाले सुरक्षित रहन सबैमा सुझाव दिएका छन्। अहिले वीरगंजको एडभान्स हस्पिटलमा ४ जना डेंगु रोगी, नारायणीमा ५ जना, वीरगंज हेल्थ केयरमा ४ जना र मेडिकल कलेजमा ५ जना तथा अन्य अस्पतालमा ५ जना गरी कुल २३ जना डेंगु रोगी भेटिएको सिंहले जानकारी दिएका छन्।

सफा पानीमा बसेर फुल पार्ने डेंगु मच्छरले विशेष गरी दिनको समयमा मानिसलाई टोक्ने गर्दछ।

यो रोग लागेपछि कडा ज्वरो आउने, टाउको दुख्ने, रगतमा प्लेटलेट्सको मात्रा कम हुने, जीउ दुख्ने, आन्तरिक रक्तश्राव हुने जस्ता लक्ष्ण देखिन्छ। रोगबाट बच्न कडा ज्वरो आयो भने अस्पताल गइ चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु पर्ने तथा उच्च सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन्।

 

प्रकाशित मिति: : 2019-09-05 15:26:32

प्रतिकृया दिनुहोस्