नेपाली राजदूत ढकाल र ओमानका परराष्ट्र सचिव बीच भेटवार्ता

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अल हार्थी बीच द्विपक्षीय भेट बार्ता भएको छ। 

उक्त भेटघाटमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।

भेटमा नेपाल र ओमनबीच हुने विभिन्न सम्झौताहरू, सहकार्य तथा अन्य पारस्परिक गतिविधि बारे छलफल भएको थियो।

राजदुत ढकालले नेपाली दुतावासले गरेका पछिल्ला कामका बारेमा जानकारी गराएकी थिन्।

भेटमा ओमानका परराष्ट्र सचिवले यसरी दुई देशबीच आर्थिक, सांस्कृतिक, लगानी, मानव स्रोत साधन तथा पर्यटनका विषयमा भएका प्रगतिबारे सन्तोष प्रकट गर्दै आगामी दिनमा त्यसलाई निष्कर्षमा पुर्याउने ओमानको तर्फबाट थप प्रतिवद्धता जाहेर गरेकाे थियाे। 

नेपाली दूतावास मस्कटले एक विज्ञप्ती मार्फत  द्विपक्षीय भेटबार्ताको जानकारी दिएको हो।

उक्त भेटबार्तामा ओमानको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हिलाल मरहून सलिम अल ममारी समेतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2019-09-04 21:13:24

प्रतिकृया दिनुहोस्