निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खत्री ५ लाख धरौटीमा रिहा

कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री उच्च अदालत पाटनबाट ५ लाख धरौटीमा रिहा भएका छन्।

गत साउन २७ गते तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी भएपछि फरार भएका मन्त्री खत्री बुधबार उच्च अदालत पाटनमा हाजिर भएका थिए।

तत्कालीन मन्त्री खत्रीलाई उच्चले पक्राउ गरी पेश गर्न आदेश गरेपछि उनको मन्त्री पद गएको थियो।

खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको खुलेपछि बैकिङकसुरमा मुद्धा चलेको थियो।

खत्री सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सांसदका रुपमा विजयी भएका थिए।

प्रकाशित मिति: : 2019-09-04 18:53:38

प्रतिकृया दिनुहोस्