सुर्खेत र खोटाङमा सामूहिक रुपमा भएको गौ हत्या र कुकुर हत्या विरुद्ध बिभिन्न संघसंस्थाहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरुले दुवै घटनाको छानविन गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग पनि राखेका छन्। पशुपंक्षी प्रति गरिने निर्दयिताको अन्तय गर्नुपर्ने, पशुपंक्षिप्रति बिवेशशिल बन्नुपर्ने, दुवै घटनाका दोषीलाई कारवाही गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकेर बिभिन्न संस्थाका प्रतिनिधि माइतिघरमा भेला भएका थिए।
केहि दिनअघि खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको थियो भने नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको थियो।