नेपालबाट अवैधरुपमा दुई वटा ट्रिपर भारत तस्करी, प्रहरी अनभिज्ञ (भिडियो सहित)

बिएल

मोरङको रंगेलीस्थित कानेपोखरी सडक खण्डमा एउटा रोचक दृश्य देखा परेको छ। गाडी तस्करहरूले दुई वटा गाडी नेपालबाट भारततर्फ तस्करी गरिसक्दा पनि प्रहरी अनभिज्ञ देखिन्छ। 

यति बेला अर्को गाडीको पार्टपूर्जा लैजाने क्रममा स्थानीयहरूलाई शंका लागेपछि यस कुराको रहोस्यद्घाटन भएको हो।

सन् २०११ मा रंगेली–कानेपोखरी सडक खण्डको ठेक्का भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लिमिटेड चाइनाले प्राप्त गरेको थियो।

सडक निर्माणका लागि उक्त कम्पनीले भारतबाटै हाइवा ट्रिपर र ट्रयाक्टरलगायतका हेभी इक्विपमेन्ट नेपाल ल्याएको थियो।

याे पनि हेर्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

तर, उक्त कम्पनी काम पुरा नगर्दै १८ महिनामा भाग्यो। त्यति बेला कम्पनीले प्रयोगका लागि ल्याएको सबै हेभी इक्विपमेन्ट नेपालमै छोडेर गएको थियो।

अहिले त्यही इक्विपमेन्टमा आँखा गडेको छ।

प्रोजेक्टका लागि ल्याइएको ट्रिपरहरू पहिले कानेपोखरी गाउँपालिकास्थित रमाइलोमा थन्काइएको थियो।

यहाँबाट २ वटा ट्रिपर एक महिनाअगाडि रंगेली वडा नम्बर–८ स्थित बेदमारी पुलमा ल्याइएको र केए–बी–३७४६ नम्बरको हाइवा ट्रिपरको सामान भारतबाट आएका केही नौला व्यक्तिहरूले काटेर लैजान थालेको खुलासा भएपछि स्थानीयवासी सक्रिय भएका थिए।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

टाटा सुमोमा आउने व्यक्तिहरूले ट्रिपर काटेर यसको सामान अबैधरुपमा भारत लैजान थालेपछि हल्ला खल्ला भएको थियो। एक महिनाअघि यही स्थानबाट २ वटा ट्रिपर कसैलाई जानकारी नदिई भारततर्फ लगिएको श्रोतको दावी छ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल आफूहरूलाई मंगलबार बेलुका मात्र यसको जानकारी भएको बताउँछन्।

प्रहरीले गाडी काट्न प्रयोग भएको ४ वटा सिलिन्डर बरामद गरेको बताएको छ। अबैध रुपमा नेपालबाट भारततर्फ गाडी लैजाने व्यक्तिको खोजी भइरहेको प्रहरीले दावी गरेको छ।

 

प्रकाशित मिति: : 2019-09-04 16:37:31

प्रतिकृया दिनुहोस्