रविको मुद्धामा उच्च अदालतले फैसलाको मिसिल माग्यो

चितवन जिल्ला अदालतको निर्णयविरूद्ध पाटन उच्च अदालतको हेटौडास्थित इजलासमा कार्यक्रम प्रस्तोता रवि लामिछानेले हालेको मुद्धामा अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि र युवराज कँडेललाई जिल्ला अदालतले ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको थियो। यस्तै, रविलाई विदेश जाँदा अदालतको स्विकृति लिनुपर्ने तथा मृतक सालिकरामसँग जोडिएको कुनै कार्यक्रम चलाउन नपाउने आदेश गरेको थियो।

रवि र कँडेलले आफूमाथि जिल्ला अदालतले दिएको फैसला पुनर्विचार होस् भनि उच्च अदालतमा मंगलबार निवेदन दिएका थिए। उनीहरूको निवेदनमाथि सुनुवाई गर्दै अदालतले जिल्लाको मुद्धा र आदेशको सक्कल विवरण झिकाउन आदेश दिएको हो।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा जिल्ला अदालत चितवनले भदौं ९ मा फैसला गरेको थियो। दुबै धरौटीमा पैसा दिएर छुटेका थिए।

याे पनि हेर्नुहाेस।

यशोदाको संघर्षको कथाः सामान्य गृहणीदेखि सफल महिला उद्यमीसम्म (भिडियोसहित)

 

प्रकाशित मिति: : 2019-09-04 13:42:56

प्रतिकृया दिनुहोस्