आयुर्वेद उपचारमा आकर्षण बढ्दै

पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन्।

एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ।

जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए। जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९६६ छ।

क्षयरोग, छारसूत्र, पञ्चकर्म, फिस्टुला र पाइल्स, हर्निया, सुत्केरी महिला, ज्येष्ठ नागरिकलाई विशेष सेवा प्रदान गर्दै आएको सो अस्पतालमा पछिल्लो चरणमा होमियोपेथिक उपचार पनि शुरु गरिएको आयुर्वेद चिकित्सक अनिलकुमार यादवले जानकारी दिए।

केही समयपछि फिजोयोथेरापी, ल्याब सेवासमेत सञ्चालनमा आउने सो अस्पतालमा बिरामीको चाप बढ्न थालेको अनुभव भइरहेको उनले बताए।

अहिले विराटनगर महानगरपालिकाले पनि एक जना वैद्यको सुविधा प्रदान गरेको छ।

यसबाट अस्पताललाई सेवा प्रदान गर्न सजिलो भएको चिकित्सक यादवको भनाइ छ।

 

प्रकाशित मिति: : 2019-09-04 08:47:41

प्रतिकृया दिनुहोस्