विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले लागुऔषधसहित मंगलबार दिउँसो एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध शरीरमा टेपले बाँधेर नेपाल छिरेका भारत अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत–९ का २२ वर्षीय मोहम्मद करिम अन्सारी पक्राउ परेका हुन्। पैदल हिंडिरहेको अवस्थामा शंका लागेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो। अन्सारीको साथबाट ५० एम्पुल एभिल, ५० एम्पुल डाईजेल्याब र ५० एम्पुल लुपिजेसिक नामक लागुऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।
पक्राउ परेका अन्सारीले आफूले नचिनेको व्यक्तिले एक हजार रुपैयाँ दिएर इटहरीसम्म पु¥याउन लगाएको प्रहरीलाई बताएका छन्। प्रहरीले पक्राउ परेका व्यक्ति लागुऔषधको कारोबारी नै भएको हुन सक्ने आशंका गरेको छ।
याे पनि पढ्नुहाेस।