एक महिलालाई चिट्ठी दिएर २० लाख रुपैया नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
रकम नदिने ज्यान लिने धम्की दिने धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेललाई प्रहरीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो।
कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर २० लाख रकम माग गरेको र यदि पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएको प्रहरीले जनाएको छ।
भदौ १७ को मिति दिँदै बालाजुको पुल नजीक आएर पैसा दिन चिट्ठीमा भनिएको थियो। सोही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनले नेत्रविक्रम चन्दको नाम लिएर धम्क्याउँदै आएको प्रहरीले जनाएको छ।