चितवन जिल्ला अदालतले दिएकाे आदेश बदर गरिपाउँ भनि कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलले पाटन उच्च अदालतकाे हेटाैडा इजलासमा साेमबार निवेदन दायर गरेका छन्।
सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन अदालतले रविसँग ५ लाख र युवराजसँग ३ लाख धराैटी माग गरेकाे थियाे। पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन अभियाेगमा जिल्ला अदालत चितवनले भदाै ९ गते रविलाई विदेश जाँदा अदालतकाे स्विकृति लिनुपर्ने र आत्महत्या गरेका पुडासैनी बारे कार्यक्रम चलाउन नपाउने आदेश दिएकाे थियाे।
रवी र युवराजले चितवन अदालतले दिएकाे यी तीनवटै आदेश बदर गरिपाउँ भन्दै निवेदन दिएका हुन्।