भीरबाट खसालेर गाई मार्ने र बर्वरतापूर्वक कुकुर मार्नेलाई कारबाही गर्न माग (भिडियाे सहित )

तस्बिरः बिएल

स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति राज्यको गम्भिर ध्यानाकर्षण गराएका छन्।

सोमबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले यस्तो ध्यानाकार्षण गराएका हुन्। एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको उनीहरुको ठहर छ। संस्थाले दुबै घट्नाको घोरभत्र्सना गर्दै दोषीउपर कानून बमोजिम हदैसम्मको कारबाहीको माग गरेका छन्।

पत्रकार स्म्मेलनमा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानून निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिईने विश्वास दिलाए। पछिल्लो समय पशुमाथि भएको यस्तो निर्दयी र निर्मम घट्नाप्रति पनि दुःख व्यक्त गर्दै उनले दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने बताए।

त्यस्तै, कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घट्नाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दिर्घकालिन समाधानको लागि सरोकारवाला निकायबाट जिम्मेवारपूर्ण पहल हुनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: : 2019-09-02 17:11:59

प्रतिकृया दिनुहोस्