माेरङमा तीज मनाउँदा बृद्धाहरु सम्मानित

बिएल
नेपाली दिदीबहिनीले मुख्य चाडपर्वका रुपमा हरितालिका तीज बिशेष रुपमा मनाउँदै आइरहेका छन्। यस बर्ष पनि माेरङकाे रंगेली नगरपालिका २ स्थित लाटामराङमा रहेको राधाकृष्ण भजनकीर्तिन समितिले एक कार्यक्रमकाे आयाेजना गरि तीज मनाएकाे छ।
 
साे क्षेत्रका दिदीबहिनीलाई उक्त समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनाेरञ्न समेत गराएकाे थियाे। कार्यक्रममा समितिले बृद्धालाई सम्मान समेत गरेकाे छ।  समितिले ७९ बर्षका सुर्यकुमारी भेटवाल, ९० वर्षीय कुसुम थापा, ८६ वर्षीय अम्विका कार्की  र ८८ वर्षीय सावित्री दाहाललाई दाेसल्ला ओडाएर सम्मान  गरेकाे थियाे। कार्यक्रम स्थानीय सुमन कुँवर,गुणकेशरी लम्साल ,जितनारायण खवार , शुभाष सिग्देल, सन्तलाल खवारलगायतकाे उपस्थित रहेको थियोे।
 
 
याे पनि हेर्नुहाेस। 
तीजमा भड्कीलाे हाेइन‍।
 
कार्यक्रम दिदीबहिनीले तीजका गीत र नृत्य समेत प्रस्तुत गरेका थिए। साेही क्रममा रंगेली ८ स्थित दर्वेशा चाेकमा बडा कार्यालयले महिला दिदीबहिनीका लागि कुनै पनि कार्यक्रम आयाेजना नगरेपछि स्थानीय ढब्बु तामाङ र भक्त थापाले तीज कार्यक्रमकाे आयाेजना गरेकाे तामाङले बताए।
 
त्यसैगरी रंगेली ४ मा रहेको सुजनशील विकास समूह र समाज सेवा युवा क्लव आमताेलाले समेत तीजकाे कार्यक्रमकाे आयाेजना गरेको थियोे।
प्रकाशित मिति: : 2019-09-02 16:39:47

प्रतिकृया दिनुहोस्