निर्मला बलात्कार हत्या प्रकरणमा पक्राउ परि छुटेका दिलिपसिंह विष्टका दाजुले रवि लामिछाने र डिएसपी अंगुर जिसिविरुद्ध दिएको उजुरी अदालतले अस्वीकार गरेको छ।
जिल्ला अदालत कञ्चनपुरले कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायत तीन जनाविरुद्ध दिएको उजुरी अदालतले दर्ता गर्न अस्वीकार गरेको हो। सोमबार बसेको न्यायधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले उजुरी दर्ता नगर्ने निर्णय गरेको हो।
गत २०७५ भदौ ४ मा १३ वर्षीय बालिका निर्माल पन्तको बलत्कारपछि हत्या अभियोगमा प्रहरीले सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्गबहादुर विष्टले अदालतको मानहानी गरेको भन्दै उजुरी दिएका थिए।
याे पनि पढ्नुहाेस।
अदालतमा विष्टले दिएको उजुरी आफ्नो क्षेत्रअधिकारभित्र नपरेको भन्दै अस्विकार भएको जिल्ला अदालत कंचनपुरमा श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। रवि लामिछानेले संचालन गरेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा उपस्थित भएका निलम्वित डिएसपी अगुर जिसिले आफ्नो भाईलाई अभियुक्त भनेर बोलेको लगायत विषयलाई लिएर विष्ट अदालत पुगेका थिए।
विष्टले रवि लामिछाने, निलम्वित डिएसपी अंगुर जिसी र न्यूज २४ विरुद्ध उजुरी दिएका थिए।