दृष्टिदोष निराकरण गर्न भिजन भ्यान बस

बिएल

आँखामा हुने समस्या र दृष्टिदोष निराकरणका लागि विराटनगरस्थित विराटनगर आँखा अस्पतालले भिजन भ्यान बस सेवा सुरु गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले महानगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको पहुँचमा पुग्न भिजन भ्यान सेवा अघि सारेको हो ।

भिजन भ्यानमा विद्यार्थीहरुको आँखा परीक्षणपछि शल्यचिकित्साको आवश्यक्ता भए अस्पतालले निःशुल्क उपचार गराउने जनाएको छ ।

कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले सामूदायिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम सबै क्षेत्रमा पुग्न सक्नेमा जोड दिए । विद्यार्थीको आँखामा देखिने समस्याको उपचारमा भिजन सेवाले निरन्तरता पाउनेमा आशावादी रहेको बताउँदै प्रमुख पराजुलीले आर्थिक रुपमा कमजोर र विपन्न वर्गमा भिजन भ्यानको सेवा सकारात्मक हुने बताएका छन् ।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामुदायिक विद्यालयमा ३ प्रतिशत रहेको र संस्थागततर्फ ९ प्रतिशत रहेको अस्पतालले जनाएको छ । अस्पतालले यस सेवाबाट आउँदो ३ वर्षसम्म करिब ३ लाख बालबालिकाको आँखा परीक्षण गर्दै चश्मा वितरण गर्नेछ ।

४२ लाख ७२ हजार रुपैयाँको लागतमा सञ्चालनमा आएको भिजन भ्यानमा दृष्टि परीक्षण, टोनोमिटर, चश्मा लगायतको सुविधा रहेको अस्पतालका प्रबन्धक कुमार पृथुले बताए । भिजन भ्यानका लागि नेपाल नेत्र ज्योति संघले १० लाख र अरविस इन्टरनेश्नलको ३२ लाख ७२ हजार रुपैयाँ लगानी रहेको छ ।

याे पनि हेर्नुहाेस। 

१ सय ३६ सुरक्षा गार्डमाथि श्रम शोषण ठहर, १ करोड ५६ लाख दिन फैसला

एक गरिब बाबुको इच्छा– छोरीलाई आँखा दान गरेर संसार देखाउने (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-09-01 18:41:35

प्रतिकृया दिनुहोस्