काठमाडौंको बौद्धबाट २ सय किलो रक्तचन्दन बरामद, २ जना पक्राउ

प्रहरीले काठमाडौंको बौद्धबाट २ सय किलो प्रतिबन्धित रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले करिव २ सय किलो क्तचन्दनसहित बुधबार साँझ दुईजना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुगुका ६० वर्षीय खेम्बु लामा र २० वर्षीय नोर्बुम लामा रहेको प्रहरीले जनाएको छ।

उनीहरुले उक्त रक्तचन्दन नेपाल हुँदै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध रुपमा तिब्बत पैठारी गर्ने तयारी गरेका बेला प्रहरीले नियन्त्रणमा लिइएको हो।

प्रकाशित मिति: : 2019-08-29 10:42:41

प्रतिकृया दिनुहोस्