महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेका छन्। उपचारकै क्रममा ठाकुरको बुधबार बिहान मृत्यु भएको निमित्त जेलर मकसुदन महासेठले जानकारी दिए। थुनुवा ठाकुरको बिहान अचानक उच्च रक्तचाप भएपछि उपचारका लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएको थियो।
मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ।