पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।
त्यसैगरी अर्का पत्रकार युवराज कँडेलाई ३ लाख रूपैयाँ र अस्मीता कार्कीलाई साधारण तारेखमा छाडेको छ।
सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।