घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

तस्बिरः बिएल

डोटीको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै घरधनीले कार्यालयमा तालाबन्दी गरेका छन्।

लामो समयदेखि घर भाडा नपाएको र माग्दा नदिएको भन्दै घरधनी स्थानीय गोविन्द्र खड्काले आईतबारदेखि कार्यालयमा तालाबन्दी गरेका हुन्।

वडा कार्यालयले भाडानै नतिरेर कार्यालय अनेत्रै सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए।

उता वडाका वडाध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महीना घरभाडाबापतको रकम दिँदै आएको दाबी दाबी गरेका छन्।

“घर भाडाको रकम प्रत्येक महीना दिएकै छौँ, साउनको बाँकी छ”, उनले भने, “कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन, किन ताला लगाए मैले नि बुझेको छैन।” वडा कार्यालयमा तालाबन्दी गरिएपछि वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति: : 2019-08-26 09:52:11

प्रतिकृया दिनुहोस्