श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जनताले राखेका अपेक्षाहरु सरकारले पुरा गर्ने बताका छन्।
सामाजिक सुरक्षा कोषले आइतबार काठमाडौं आयोजना गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र होटलसंघ नेपालबीचको अन्तक्रिया कार्यक्रममा मन्त्री बिष्टले सरकारले अधिकार र आधारभूत आवश्यकताहरु पुरा गर्ने बताएका हुन्।
उनले व्यवसायहरु संचालनका लागी सरकारले अधिकतम वातावरण निर्माण गर्ने जिकिर गरे। नीजि व्यवसायीसंगको हात्तेमालो गर्दै मुलुकको बिकासमा सरकारले ध्यान केन्द्रित गर्ने उहाले बताए।
उनले सामाजिक सुरक्षा योजनालाई सरकाले अभ्यासमा ल्याएको भन्दै यसलाई सफल बनाएरै छाड्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा योजनाबारमा अझ धेरै प्रष्ट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।