गएको साउन २६ गते काठमाडौंको न्यूरोडस्थित इन्द्रचोकमा सभासद भावना सुबेदीको पाकेटमारी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
सभासदको पाकेटमारी गर्ने सर्लाहीका निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले भदौ ५ गते पक्राउ गरेको हो।
थिङले सभासद सुबेदीको झोलामा परेको ७३ हजार चोरी गरेका थिए।
पक्राउ परेका थिङलाई प्रहरी थुनामा राखि आवश्यक कारबाही अघि बढाइएको काठमाडौं प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए।