अस्मिता कार्कीको बयान सकियो, रवि लामिछाने र युवराज कँडेलको बयान भोलि

फाइल तस्बिर

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालय चितवनमा आरोपीहरूको बयान शुरु भएको  छ।

‍मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना विरुद्ध आरोप पत्र दायर गरेको थियो।

उक्त आरोपपत्रमा उनीहरुले पुडासैनीलाई आत्महत्या गर्न उक्काएको जिकिर गरिएको छ।

सरकारी बकिल कार्यालयले लामिछानेसहित अस्मीता कार्की र युवराज कडेंललाई पनि विपक्षी बनाएको  छ।

जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको छ। न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतबारबाट शुरु भएको हो।

रावलको इजलाशमा आज अस्मीता कार्कीको बयान गराइएको छ।  बाँकी आरोपीहरु लामिछाने र कँडेलको बयान भने सोमबार हुनेछ।

सोमबार उनीहरुको बयान समाप्त भएपछि थुनछेक बहश शुरु हुनेछ। सरकारी र आरोपी पक्षका कानुन व्यवासायीको दुई तर्फी बहशपछि अदालतले आदेश गर्ने छ।

अदालतको आदेशले उनलाई थुनामा पठाउने कि हिरासतमा राख्ने भन्ने बारे निर्णय गर्नेछ।

आरोपपत्रमा उनीहरुलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ।

बयान चलिरहेकाले उनीहरुलाई न्यायीक हिरासतमा पठाइएको  छ।

 

प्रकाशित मिति: : 2019-08-25 17:24:29

प्रतिकृया दिनुहोस्