रवि-पत्नी निकताले गरिन् 'काउन्टर अट्याक' घोषणा : आजै प्रहरीमा उजुरी दिदै

आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादैछु : रवि-पत्नी निकिताको फेसबुक पेजबाट ।

सिधा कुरा जनतासँग फेमका टेलिभिजनकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले एउटा घोषणा गेरकी छिन् । 

उनको आधिकारिक फेसबुक पेजबाट जारी गरेको घोषणाअनुसार आजै उनी पति रवि लामिछानेको मुद्दामा बिधुतीय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्दैछिन् ।

उनले कसकसका विरूद्ध जाहेरी दिन्छिन् त्यसबारेमा केही खुलासा नगरे पनि उनले यो भिडियो बाहिर ल्याउने व्यक्ति र सञ्चारमाध्यमविरूद्ध नै जाहेरी दिने सम्भावनना छ ।

पत्रकार रबि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादैछु ।
-निकिता पौडेल लामिछाने,  रवि लामिछानेकी पत्नी ।

यस्तो सम्भावनाको कुरा गर्दा पहिलो नम्बरमा आउँनेछन्- प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ । उनले नै यो भिडियो शालिकराम पुडासैनीको परिवारबाट पाएर नेपाल आजलाई दिएको बताएका छन् ।

नेपाल आजले सार्वजनिक गरेको भिडियो पत्रकार शालिकराम पुडासैनीको फोनमा पाइएको भिडियोलाई केही सम्पादन गरेर बाहिर ल्याइएको प्रमाणित भएको छ ।  रवि पत्नी निकिताले त्यसैलाई आधार बनाएर मुद्दा हाल्न लागेको हुन सक्छ । यस बारेमा सम्पर्क गर्न खोज्दा निकिता उपलब्ध हुन सकिनन् । 

सामान्य रूपमा हेर्दा यो रवि पत्नी निकिताको 'काउन्टर अट्याक' जस्तो देखिन्छ । तर, यो प्रत्याक्रमणले कुन दशा र दिशा दिने हो, अहिले नै त्यो भन्न सकिने अवस्था छैन । तर, यसबाट रविका शुभचिन्तकहरू नै भनिरहेका छन्- कतै रविलाई थप अप्ठ्यारो त पर्ने हैन ? 

प्रकाशित मिति: : 2019-08-21 10:57:54

प्रतिकृया दिनुहोस्