ऐतिहासिक नृसिंह जात्रा संम्पन्न (भिडियोसहित)

तस्बिरः बिएल

ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि संचालन हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा मंगलबार संम्पन्न भएको छ।
पाटनको स्वनिम्ह टोलको हनुमानननीमा नृसिंहलाई विशेष तान्त्रिक पुजा गरेपछि सुरु भएको यात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुन स्वनिम्ह पुगेर समापन भएको हो।
ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा संचालन गर्ने गर्दछ। यसपाली स्वनिम्हका हेरम्वराज राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको थियो।
कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिइन्छ ।
नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

प्रकाशित मिति: : 2019-08-20 18:56:05

प्रतिकृया दिनुहोस्